काठमाडौं – चितवनको भरतपुरमा शिक्षक अस्पताल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव लगेका थिए।
उक्त प्रस्तावमाथि सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो। शिक्षा मन्त्री पौडेलको सचिवालयले जनाएअनुसार शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर १५ भगवानपुरमा बनाउने निर्णय भएको छ।
शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन समितिले केही दिनअगाडि शिक्षा मन्त्री पौडेललाई भेटेर चितवनमा अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएका थिए।
साथै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएको उल्लेख गरेकी छन्।