दिगो विकासका लागि योजना छनोटदेखि कार्यान्वयनसम्म मिडियाको खबरदारी आवश्यक : अध्यक्ष पोख्रेल

.

 दाङ- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय तहको समावेशी विकासका लागि बस्तीस्तरबाट योजना छनौटमा जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताएका छन् । समावेशीता सामाजिक विकासको आधार भएको भन्दै उनले योजना तर्जुमा गर्दा सवै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

 

 

फ्रि मिडिया नेटवर्क दाङको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा बिहिबार घोराहीमा भएको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन संचार क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले जनतालाई विकासको अनुभुति हुने गरी काम गर्न जनप्रतिनिधिदेखि संचार माध्मयहरुले ध्यानदिनुपर्ने बताएका हुन्। दीगो विकास र समुन्नत समाज निर्माणका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले योजना छनोटदेखि कार्यान्वयनसँग संचारकर्मीहरुले ध्यान दिनुपर्ने बताए ।

 

 

‘दिगो विकास र समुन्त समाज निर्माणका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने गर्दछ’,प्रमुख अतिथि पोख्रेलले भन्नुभयो,‘त्यसका लागि संचार माध्यमहरुले योजना छनोटदेखि कार्यान्वयसम्म सहि रुपले भए नभएको अवस्था बारेमा खवारी निरन्त रुपमा गर्नुपर्ने हुन्छ ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेलले योजना छनोट गर्दा पहुँज भन्दा स्थानीयको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनले नीति राम्रो हुने तर व्यवहारमा लागु नहुँदा योजना छनोटदेखि कार्यान्वयनसम्म कमजोरी देखिने गरेको भन्दै त्यसलाई सुधार गर्न ध्यानदिनुपर्ने बताए।

 

 

‘नीति राम्रो हुने तर नियत ठिक नहुने हो भने काम हुँदैन’,उहाँले भन्नुभयो,‘नियत ठिक बनाएर काम गर्न ध्यानदिनुपर्छ । तर्क÷कुर्तक गरेर जनतालाई ठग्न पाइदैन ।’ नेतृत्व गम्भीर बनेर आवश्यकता र समस्या पहिचान गर्न सकेमा मात्रै कामले सार्थक बन्न सक्ने हुँदा मिडियाले उठाउने गरेका मुद्दालाई जनप्रतिनिधिले गम्भीरतापूर्वक लिनुपर्ने बताए । अनेक कारण तेर्साएर तर्क दिएर जनप्रतिनिधि भाग्न नमिल्ने बताउँदै पोख्रेलले जनतालाई परेका समस्या समाधानका लागि स्थानीय तहका नेतृत्वले सहजीकरण गर्नुपर्ने सुझाव दिएका थिए ।

 

 

‘जनतालाई समस्या पर्दा सम्वन्धीत तहको नेतृत्वले पहल गर्नुपर्छ । तर्क र कुतर्क गरेर पन्क्षिण पाइदैन’,उहाँले भन्नुभयो ,‘जनताको नजिकको सरकार स्थानीय तह हो । स्थानीय तहका जनप्रतिनिधले आफ्नो क्षेत्राधिकार होइन भनेर भाग्न मिल्दैन ।जनताको समस्यालाई सम्वोधन गर्नुपर्छ ।’ कार्यक्रममा स्थानीय तहका प्रमुख-उपप्रमुख लगायतका जनप्रतिनिधिसहित विभिन्न संघसस्थाहरु प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।