महिला दिवसको शुभकामना

.
आमा, दिदी, बैनी फुपू, सासु, प्यारी
सबै काख प्यारो गृहस्थ छ जारी
सबै नारी शक्ति टेको र लौरो
अडिएका पुरुष भए ठडौरो
”जहाँ नारी पूज्छन् त्यहाँ देव रम्छन्”
नबिक्ने कुरा छोड राम्रा त जम्छन्
शताब्दिका घाउ के भन्नु छोप
खुवाइन्छ मलमूत्र बोक्सि आरोप
भन्छन् अझै कुना छेउ पारी
अझै आज संसार पीडा छ नारी
प्रगाढ माया पछ्यौरी पछाडि
उदायो फेरि मार्च आठ बाढी
लिदै छन् र गर्दै भूमिका अरुको
छ संसार यो आज नारीहरुको
नारी होऊ सक्रिय सहभागी पात्र
अरु पछि लाग्छन् आफै लागे मात्र
संघर्ष विद्रोह यो संसार सारा
अझै त्यो पैतृक पीडाकै छ नारा
समाज बदल्ने कुरा आज गर्छौ
बुझेका र जान्ने किन पछि सर्छौ
लैङ्गिक समानता आवाज उठाऊ
चुलोदेखि नेतृत्व महिला जुटाऊ
चलाऊ देखाऊ कदम कवचको
शुभकामना छ महिला दिवसको
लेखक ,गौतम टोखा नगरपालीका काठमाडौंको शिक्षाशाखा प्रमुख हुनुहुन्छ ।