जापानको ओसाकामा जापानी भाषामा वक्तित्वकला प्रतियोगिता सम्पन्न

.

जापान – जापानको ओसाकामा अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वक्तित्वकला प्रतियोगिता सम्पन्न भयको छ ।

 

 

विगत १० वर्षदेखि विदेशीहरुको भिसा प्रक्रियामा सहयोग गर्दै आएको डिस्कभरी सपोर्ट्ले आयोजना गरेको उक्त कार्यक्रममा करिब २१ जना नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । यहि वर्षबाट छात्रवृत्ति लगायत विभिन्न पुरस्कार सहित बिद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले जापानको खान्साई क्षेत्रमा अध्ययनरत विदेशी बिद्यार्थीहरुबिच जापानी भाषामा “म र जापान” भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता (Japanese language speech contest२०२३) आयोजना गरिएको डिस्कभरी सपोर्ट्का प्रतिनिधि लाक्पा दोङले बताए । कोबे युनिभर्सिटीका फेलो रिसर्चर डाक्टर भरत नेगिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 

 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेगिले विदेशी विद्यार्थीहरुको क्षमता उजागर गर्न यस्ता कार्यक्रमले धेरै सहयोग गर्ने बताएका थिए । सोही कार्यक्रम नेसाज (NESAJ)कापुर्व अध्यक्ष कृष्ण भुषाल, विकास अधिकारी, नेपाल जापान विद्यार्थी समाजका महासचिव सन्जय कार्की , कार्यक्रम निर्णायकहरु नरेन्द्र बस्नेत, माकोतो एकेनादा, सोता मासुई रहेका थिए ।

 

 

निर्णायकहरुको तर्फबाट बोल्दै नरेन्द्र बस्नेतले प्रतिस्पर्धामा जित भन्दा पनि सिकाई महत्त्वपूर्ण भएको हुँदा यस्ता प्रतियोगिताले हौसला प्रदान गर्ने बताउनु भयो। कार्यक्रम सभापति एवं डिस्कभरी सपोर्टका कार्यकारी प्रमुख सोता मासुईले विदेशी विद्यार्थीहरुले जापान बसाई लामो समय सहज रुपमा होस र जापानमा भोग्नु परेका समस्या के कस्ता छ्न यसलाई कसरी सुधार गर्न सकिन्छ र आम बिदेशी विद्यार्थीमा जापानको यथार्थ बारे जानकारी होस भने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । उक्त प्रतियोगितामा प्रथम स्थान रामकृष्ण तिवारी द्वितीय सुपना लामा दोङ, तृतिय अस्मित ढकाल र सान्त्वना डोलराज रानाभाटले हासिल गरेका थिए ।

 

 

प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार जापानी यन, भिसा सपोर्ट, वर्किङ सपोर्ट क्रमशः द्वितीय पुरस्कार रु. ३० हजार जापानी यन, तृतीय पुरस्कार रु १० हजार जापानी यन र तिनै जना विजेतालाई भिसा सपोर्ट, वर्किङ सपोर्ट पनि प्रदान गरिएको थियो । कार्यक्रमलाई सहज डिस्कभरी सपोर्ट्का सपना घिमिरे, निना माचुदा, होसोखावा नाचुमीले गरेका थिए।