काठमाडौं – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रको समस्याहरुलाई राम्ररी बुझन सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्नेमा जोड दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठक पछि पत्रकारहरु संग बोल्दै अर्थ मन्त्रालय अर्थतन्त्रको समस्याहरुलाई राम्ररी बुझन सक्नेलाई दिनु पर्ने बताए ।
उनले भने , अर्थ मन्त्रालय यस्तो ब्यक्ती दिनुहोस जसले देशको अर्थतन्त्रको समस्याहरुलाई राम्ररी बुझन सकेको छ ।
समस्याको कारणहरु पत्ता लगाउन सक्दछ र समाधान दिन सक्छ । त्यस्ता व्यक्तिलाई खोजेर मात्र अर्थ मन्त्रालयको जिम्मेवारी दिनु होला ।
उनले परराष्ट्र मन्त्रालयको सन्र्दभमा देश का सामु थुप्रै चुनौतीहरु भएको भन्दै अन्तराष्ट्रिय परिस्थिति जटिल भएको समेत बताए ।
प्रत्येक पार्र्टीसंग प्रधानमन्त्रीले छुटै छलफल गरी उनीहरुको धारणा सुनेपछि धारणा बनाउनु पर्ने उनको भनाई रहेको छ ।