इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्छु : मन्त्री ज्वाला

.

काठमाडौं -नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

 

शपथ ग्रहणपछि पत्रकारहरूसँग नेपाल जस्तो देशको निम्ति पूर्वाधार पहिलो प्राथमिकतामा हुनुपर्ने भन्दै पूर्वाधार विकासको सवाल उत्पादन वृद्धि, रोजगारी सिर्जना र जनतालाई सेवा दिने विषयसँग जोडिएको बताए ।

उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने मन्त्रालय र नेपाल जस्तो देशको निम्ति पूर्वाधार एउटा पहिलो प्राथमिकता हुनुपर्छ । पूर्वाधार विकासले नै उत्पादन वृद्धि, रोजगारी सिर्जना र जनतालाई सेवा दिने कुरा पूर्वाधारसँग जोडिएको छ । महत्त्वपूर्ण मन्त्रालय हो ।’
उनले एउटा मन्त्रीको रूपमा मात्र नभएर जनताको सेवक र साथीको रूपमा काम प्रतिबद्धता जनाएका छन् ।

 

२०७९ को प्रतिनिधिसभा चुनावमा सल्यानबाट ३५ हजार ७ सय मतसहित निर्वाचित भएका ज्वाला ०५१ साल यता निरन्तर चुनाव लड्दै आएका छन् भने ०५१ र ०६४ साल बाहेकका चुनावमा निर्वाचित भएका छन् ।