काठमाडौं – भक्तपुरको बिस्काजात्रा आजबाट सुरु भएको छ ।
आठ रात नौ दिनसम्म मनाइने यो जात्रा नेवार समुदायको महत्वपूर्ण पर्व हो ।
आज भक्तपुरको पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रहेको छ ।
भैरवनाथ मूल देवता र बेताल देवता रहेको उक्त रथमा पाँचतले मन्दिरबाट माथिल्लो र तल्लो क्षेत्रमा तानेर लैजाने परम्परा छ ।
विस्का जात्रा नयाँ वर्षको चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते समापन गरिने प्रचलन रहेको छ ।