काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले, ललितपुरको समिट अपार्टमेन्ट घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेकी छिन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले तत्काल संसदीय समिति गठन गरी घटना छानविन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति र संरक्षणको व्यवस्था गर्न समेत माग गरिन् ।
उनले भनिन्,‘ललितपुरको बखुन्डोल हाइटमा बनेको अपार्टमेन्टले धेरै क्षति पु¥याएको स्थानीयको गुनासो छ । म आग्रह गर्न चाहन्छु । देशव्यापी रुपमा ठाउँ ठाउँमा बन्दै गरेको भवन होटेल,अपार्टमेन्ट वैधानिकता खोजी गरियोस् संसदीय समिति गठन गरी छानबिन दोषीलाई कारबाही र क्षति भएकालाई क्षतिपूर्ति र संरक्षणको व्यवस्था आजै गरियोस् । ’
त्यस्तै उनले देशभर निर्माण भइरहेका निर्माण कार्यको वैधानिकता जाँचका लागि समेत ध्यानाकर्षण गराइन् ।