कोशी ट्रक व्यवसायी  संघको साधारणसभा मंगलबार हुँदै

.

इटहरी – कोशी ट्रक व्यवसायी संघको ३५ औं साधारणसभा तथा १७ औ वार्षिक अधिबेशन मंगलबार हुदैछ ।

 

साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको र अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष विद्यापति उपाध्यायले जानकारी दिए । निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

 

साधारणसभा सभा तथा अधिबेशनको समुद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले गर्ने कार्यक्रम तय भएको छ ।  २०३६ सालमा स्थापना भएको कोशी ट्रक व्यवसायी संघमा पाँच सय ट्रक तथा दुई सय व्यावसायी आवद्ध छन ।