काठमाडौं -सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनबाट भुसाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघको उपाध्यक्षमा चन्द्रबहादुर वली र सचिव राधा बिष्ट सर्वसहमतिमा चयन भएका छन् । अधिवेसनले २२ जनालाई सदस्यमा आमसहमतिबाट निर्वाचित गरेको छ ।
बुधबारबाट शुरु भएको छैठो जिल्ला अधिवेसनमा नयाँ नेतृत्व चयनका लागि आमसहमति जुट्न नसकेपछि शुक्रवार अध्यक्ष पदमा निर्वाचन भएको थियो । अन्य पदमा भने आम सहमति जुटेको छ ।
यसैबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शुक्रवार नै पद तथा गोपनियताको सपथ खुवाइएको छ । निर्वाचन समितिका संयोजक घनश्याम थापाले नवनिर्वाचितहरुलाई सपथ खुवाउनु भएको हो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद भुसाल, निर्वतमान अध्यक्ष भूपेन्द्र सुवेदी, वन महासंघका प्रदेश उपाध्यक्ष तिलकराम भण्डारीले धारणा राखेका थिए ।