सरकार नीति र बजेट कार्यक्रममा केन्द्रित छ : मन्त्री बस्नेत

.

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सरकार नीति र बजेट कार्यक्रम निर्माणमा केन्द्रीत भएको बताएका छन् ।

 

बिहीबार काठमाडौंमा राष्ट्रिय मनसुन फोरमद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले देशको आर्थिक संकटका बीच सरकार आम नागरिकका समस्या सम्बाधेन हुने खालको नीति बजेट कार्यक्रम प्रस्तुत गर्न तयारीमा लागेको बताए ।

 

यस पटकको नीति तथा कार्यक्रम मार्फत सरकारले आफ्नो औचित्य साबित गर्ने उनको बिश्वास छ।

 

उनले भने ‘देशको परिस्थिति र समस्त अवस्था हेर्दा अप्ठ्यारो छ । सरकार बनेपछि पहिलो पटक नीति बजेट कार्यक्रम प्रस्तुत गदै गर्छ सरसकार अहिले पूर्ण त्यसको तयारीमा छ ।

 

यो अप्ठ्यारो परिस्थितिको बिचमा सरकारले प्रस्तुत गर्ने नीति र बजेट कार्यक्रम मार्फत आफ्नो औचित्य साबित गर्ने छ । अहिले सरकार त्यही कुरामा लागेको छ ।’

 

उनल मौसम पूर्वानुमानलाई कसरी अझ विश्वासिलो बनाउने भन्ने कुरामा गहन रुपमा छलफल गर्न आवश्यक रहेको बताए ।
मौसम परिवर्तनलाई परम्परागत रुपमा मात्र हेरेर मात्र नपुग्ने भएकाले यसको महत्त्वलाई बुझी व्यवस्थापन जोड दिनु पर्ने उनको भनाई छ ।