हेटौंडा एफ .एम . १९ औं वर्षमा प्रवेश

.
 काठमाडौं- मकवानपुर मिडिया प्रालि द्वारा संचालित हेटौंडा ९६ दशमलव ६ एफ.एम. आजबाट १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । 
०६१ सालमा स्थापना भएको हेटौडा एफएम आज सम्म पनि निरन्तर र निश्पक्ष समाचारको लागि जिल्लामा प्रख्यात रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाँडामा कार्यालय र हेटौंडा १ भैरवडाँडामा रिले स्टेसनबाट रेडियो संचालन हुँदै आएको छ ।
एफ. एम.ले जनआन्दोलन, नाकावन्दी, भुमम्प, निषधाज्ञाको समयमा विशेष कार्यक्रमनै सञ्चालन गरेर आम नागरिकलाई सुसुचित गराउने काम गरेको हेटौंडा एफ. एम.का प्रवन्ध निर्देशक उज्वल चौलागाईले वताउनुभयो । एफ. एम.ले आधा–आधा घण्टामा समाचार र बिभीन्न मनोरंजनात्मक र जानकारी मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भैरवडाँडाबाट रिले स्टेसन भएपछी मकवानपुर सहित आसपासका जिल्लामा एफ. एम. सुनिन्छ । हेटौडा एफएम १ हजार वाट क्षमतामा भैरवडाडावाट रिले प्रशारण हुदै आएको छ । जिल्लाको एकमात्र रिले प्रशारणको क्षमता रहेको हेटौडा एफएम समाचार तथा मनोरन्जनात्मक कार्यक्रम सहित हाल दैनिक २० घन्टा प्रशारण हुदै आएको छ ।
एप. एम बाट प्रत्येक आधा आधा घन्टामा समाचार १०० सेकेन्ड प्रशारण हुन्छ । महाभुकम्पका समयमा त्रिपालमुनी वसेर काम गरेको र जनतामा सुचना पुर्याउन लागि रहेको समय अहिले पनि हामीलाइ सम्झना आउछ ,यस्तै समस्याको समयमा काम गरेका कारण आजपनि हेटौडा एफएम अग्रणी प्रशारण संस्थाको रुपमा रहेको छ ,हेटौडा एफ एमका प्रवन्ध निर्देशक उज्वल चौलागाईले भन्नुभयो ।
शेयरकाष्ट यिनीसियटिभ्सले देश व्यापी गरेको श्रोता सर्वेक्षणमा देशमै सवैभन्दा वढी श्रोता संख्या रहेको एफएम पनि हेटौडा एफएमलाइ नै मान्दै आएको छ ।