काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अन्र्तगत स्थाई कमिटी बैठक बसिरहेको छ ।
बिहीबार बाट जारी एमाले केन्द्रीय कमिटी बैठक अन्र्तगत अहिले स्थाई कमिटीको बैठक बसिरहेको छ । त्यसपछि पुनः केन्द्रीय कमिटीको बैठक बस्ने छ ।
पार्टी कार्यालयमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन र प्रदेशगत रुपमा आएका मिसन ग्रासरुटका प्रतिवेदनमाथि विषयमा छलफल गरी पार्टीको आगामी कार्ययोजनामा समावेस गर्ने तथा पार्टीको कार्यदिशा निर्धारण गर्न बैठक बसेको हो ।
स्थाई कमिटीले राखेको प्रदेशगत कार्ययोजनालाई वार्षीक कार्यायोजनमा समावेश गर्न केन्द्रीय कमिटीमा प्रस्तुत गरि पार्टी अध्यक्ष केपी शर्मा ओली र महाशचिव शंकर पोखरेलले छलफल तथा जवाफ दिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा एमालेले संगठनलाई बलियो बनाउने तथा आगामी ०८४ को निर्वाचन लक्षित वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने पनि तय भएको छ ।