अभिभावक शिक्षक विद्यार्थीलाई एकीकृत गर्दै रत्नाग्य

.

काठमाडौं -काठमाडौं ईन्टरनेसनल स्कुलमा अभिभावक, शिक्षक तथा विद्यार्थी उत्प्रेरणा र चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

देशमा असल, सक्षम र अनुशासित नागरिक तयार पार्न कार्यक्रमले मद्दत गर्ने स्कुलका प्रधानाध्यापक एवम् कार्यक्रमका प्रमुख अतिथि कैलाश कार्कीले जनाउनु भयो ।

 

शैक्षिक सुधार र सामाजिक रुपान्तरणका लागि काम गर्दा आएको रत्नाग्यको आयोजनामा अभिभावक, शिक्षक, विद्यार्थीबीचमा ठूलो खाडल रहेको र त्यसलाई केहि मात्र भएपनि कम गर्ने सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको संस्थाले जनाएको छ ।

 

देशमा असर सक्षम र अनुशासित नागरिक तयार गर्नु आजको आवश्यकता रहेको र त्यसलाई परिपूर्ति गर्नका लागि लागि बालबालिकाको क्षेत्रमा लगानी गरिएको कार्यक्रमका संयोजकले बताए ।

 

कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्नीय सहभागिता रहेको संस्थाकी संस्थापका सदस्य विन्दिया कार्कीले बताइन् । अघिल्लो साता भक्तपुरको अरनिको माध्यामिक बिद्यालयमा पनि कार्यक्रमको आयोजना गरिएको कार्कीले बताइन् ।

 

कार्यक्रममा सहभागिहरुलाई अभिभावक शिक्षा र विद्यार्थीलाई मौन बसाईबारे प्रशिक्षण दिइएको रत्नाग्यका अध्यक्ष संगम शृषले बताउनु भयो ।

 

वि.स २०७५ सालमा स्थापना भएको रत्नाग्यले वातावरण तथा फोहोर व्यवस्थापनका साथै शैक्षिक सुधारका क्षेत्रमा समेत काम गर्दै आएको संस्थाकी सदस्य गायत्री जोशीले बताइन् ।

 

आगामी दिनमा यस कार्यक्रममा ग्रामीण क्षेत्रका विद्यालयहरुमा आयोजना गर्ने योजना गरेको संस्थाले जनाएको छ ।

 

कार्यक्रममा संस्थाकी उपसचिव चिनीमैया महर्जन र सदस्य मन्दिरा श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।