काठमाडौं -सामना फिल्मस् प्रा. लि. द्वारा निर्मित चलचित्र “काँडेतार“ लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा गरेको छ ।
बिहीबार समाना फिल्मस् प्रा. लि. तथा चलचित्र “काँडेतार“ परिवारको तर्फबाट नवल खड्का र सत्यकला राईले विज्ञप्ति जारी गर्दै सेन्सर बोर्डले फुकुवा गरेकोमा खुसी व्यक्त गरेका छन् ।
उनीहरुले सेन्सर फुकुवा प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ ‘ यस अवसरमा चलचित्रको निर्माणदेखि सेन्सर फुकुवासम्मका प्रक्रियामा आआफ्नो स्थितिबाट सहयोग पु¥याउनु हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमालेका बरिष्ठ नेता डा. भीम रावल, माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग, राप्रपाका प्रवक्ता एवम् माननीय– ज्ञानेन्द्रसामाजिक अभियन्ता प्रा. डा. सुरेन्द्र केसी, ध्रुव खड्का, कोमल भट्टराई, दयाराम दाहाल, के एल पीडित, डा सुरेन्द्र ढकाल, विभिन्न पार्टीका भातृ संगठनका अध्यक्षज्यूहरु लगायत देशविदेशमा रहनुभएका सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दछौं। ’
सेन्सर फुकुवा भएपछि चलचित्र काँडेतारको प्रदर्शन मिति एक कार्यक्रम आयोजना गरिने जानकारी गराईने पनि विज्ञप्तिमा उल्लेख छ ।