स्वस्तिश्री एसइइ कानिर्भल प्रतियोगिता सम्पन्न

.
काठमाडौं -स्वस्तिश्री गुरुकुल आई.बी वर्ल्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ ।
कार्निभलमा फुटसल, बास्केटबल र टेबलटेनिस, क्रिएटिभ राइटिङ् साथै आर्ट प्रतियोगिताहरुको आयोजना भएको थियो ।
टेबलटेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए । सो स्पर्धाको गल्समा एभीएमका इभाना थापा पहिलो तथा वियंका राई दोश्रो भए । ब्वाइज र गल्स टिम इभेन्टमा एभीएमले शीर्ष स्थान कब्जा गर्दै १५ हजार नगद पुरस्कार हात पार्यो।
ब्वाइज फुटसलमा टिम प्रिमियरले उपाधि जित्दा  सेक्रेट हार्ट स्कुल दोश्रो भयो । विजेताले ५५ हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरेका थिए। मल्पी इन्टरनेसनल स्कुलका सार्थक थापा उत्कृष्ट खेलाडी, सेक्रेट हार्टका केन्द्रराज कुलुङ उत्कृष्ट गोलरक्षक र टिम प्रिमियरका महेश दर्नाल सार्वधिक गोलकर्ता बने ।फुटसलमा  १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
ब्वाइज बास्केटबलमा टिम ऋितिक विजेता तथा टिम ग्रान्डी उपविजेता बन्यो। विजेतालाई ३० हजार तथा उपविजेतालाई १५ हजार नगदबाट पुरस्कृत गरियो । टिम ऋितिकका सुशान्त कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
त्यस्तै क्रिएटिभ राइटिङ्मा मिल्सबेरी स्कुलकी दर्शिता भण्डारी बिजेता बनेकि थिइन् भने आर्ट प्रतियोगितामा इम्पेरियल स्कुलकि सुक्रिती लामिछाने बिजेता बनेकि थिइन्।
विजेतालाई बिषेश अतिथि नेपाल टेलिभिजनका संस्थापक प्रवन्ध निर्देशक किरणमान चित्रकार, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, टेबलटेनिसका प्रमुख प्रशिक्षक सन्जिव ढुंगेल, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, स्वस्तिश्रीका ब्रान्ड एम्बासडर एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, स्वस्तिश्रीकी प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो। खेलहरु सानो भर्याङ्स्थित आयोजकको हातामा भएको थियो ।
प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले ‘एसइइ दिएका उपत्यकाका विभिन्न विद्यालयका क्षमतावान विद्यार्थी खेलाडीलाई एकै ठाउँमा प्रतिस्पर्धा गराइ उनीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले कानिर्भल आयोजना गरेको’ बताउनु भएको थियो।