काठमाडौं -मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलवार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उक्त नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिबृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।
यसको साथै, प्रदेश सरकारको स्थापना पश्चात पाँचवटा नीति तथा र्कािक्रम प्रस्तुत भइसकेको सन्दर्भमा विगतका नीति तथा कार्यक्रमहरुको समीक्षा गर्दै आगामी वर्षभित्र कार्यान्वयन गर्न सकिने र ठोस नतिजा प्राप्त हुने कार्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयनमा जोड दिइएको मिश्रले बताए ।
नीति तथा कार्यक्रममा चालु खर्चलाई पँुजीगत खर्चसँग आवद्ध गरी गैर बजेटरी खर्च न्यूनीकरण गरिनुको साथै अवण्डा रकम कानूनले अनिवार्य गरेको बाहेक राख्न नपाइने व्यवस्था पनि गरिएको छ ।