आठौं संस्करणको वातावरण साहित्य गोष्ठी आयोजना हुँदै

.

काठमाडौं-इको साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी यस वर्ष पनि आयोजना गरिने भएको छ ।
विश्व वातावरण दिवस अवसर पारेर आगामी २७ जेठमा साहित्य गोष्ठी आयोजना गरिने संस्थाका प्रमुख संयोजक विजय हितानले बताएका हुन् ।

 

सन् २०१६ देखि यूकेमा रहेका नेपाली साहित्य संगठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्यमाथि चर्चा–परिचर्चा राखिने उनले जानकारी दिए। ‘पर्या–साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दै छौँ । यस वर्ष आठौं संस्करण प्रज्ञा–भवन काठमाडौंमा हुँदै छ । भारत, भुटान र नेपालका विद्वान्ले पर्या–साहित्यमा कार्यपत्र पेस गर्नेछन् ।’

No description available.

 

पर्या–साहित्यका सिद्धान्तकार तथा कार्यक्रममा विशेष सल्लाहकार डा. गोविन्दराज भट्टराई रहनेछन् । आसमका समालोचक ज्ञानबहादुर छेत्री, भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति कार्यक्रममा रहनेछ । त्यसैगरी पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट –अंग्रेजी संस्करण) पनि सोही दिन विमोचन गरिने कार्यक्रम छ ।

No description available.

पर्या–साहित्यका दुई शोधार्थीले आआफ्नो अनुसन्धान अनुभव सुनाउनेछन् । साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविताका कविलाई (प्रथम डा. विप्लव ढकाल– भ्यागुताको बिहे’, दोस्रो वासुदेव अधिकारी– हिउँमारा तापमान, तेस्रो कृष्ण बाउसे– डाइनोसरको भजन) पुरस्कार तथा प्रमाणपत्र अर्पण गरिनेछ ।
उत्कृष्ट पाँच कविलाई प्रमाणपत्रबाट सम्मान तथा विभिन्न स्रष्टाबाट पर्या–कविता वाचनसमेत गरिने बताइएको छ । विश्व वातावरण दिवस प्रत्येक वर्ष ५ जुनमा मनाइने गरेको छ ।