नुवाकोट – श्री आरुखर्क माद्यामिक विद्यालय बेलकोटगढी -१, नुवाकोटको प्रधानाध्यापकमा सुदर्शन खतिवडा नियुक्त भएका छन ।
विद्यालयका प्रधानाध्यापक दिपेन्द्र पौडेलले आफ्नो व्यक्तिगत कारणले पदबाट राजीनामा दिएपछि रिक्त रहेको सो पदमा खतिवडा नियुक्त भएका हुन् ।
गत जेठ २९ बसेको विद्यालय व्यवस्थापन समिति र अभिभावकको संयुक्त बैठकले खतिवडालाई नियुक्त गरेको हो ।
खतिवडाले आफुलाई विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुले विश्वास गरेर उक्त जिम्मेवारी दिएको भन्दै समुदायले अनुभुती गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै अहिले सामुदायिक विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावक बिचमा ठुलो खाड्ल रहेको र त्यो खाडल पुर्ने काम गर्ने जनाए ।
हाल विद्यालयमा प्रयाप्त मात्रामा प्राविधिक सामाग्रीहरु (ICT) रहेको त्यसको अधिकतम् प्रयोग गरि विद्यार्थीहरुला सिकाई सहजिकरण गर्ने र उनिहरुलाई आजको विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षामा जोड दिनु आफ्नो प्राथमिकता रहेको समेत बताए । खतिवडा २०६४ साल देखि शिक्षा क्षेत्रमा कृयाशील छन्।

२०३१ सालमा स्थापना भएको सो विद्यालयमा अहिले बालकक्षा देखि १० कक्षासम्मको पठनपाठान भैरहेको छ । भने करिब २ सय हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन ।