काठमाडौं -पत्रकार तथा लेखक भानु बोखिमको उपन्यास गोधुली गीत सार्वजनिक भएको छ ।
काठमाडौंको मण्डला थिएटरमा एक कार्यक्रकका बीच वरिष्ठ कवि श्यामल र लेखक नविन विभास तथा लेखक बोखिमले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
कलम प्रकाशनले प्रकाशन गरेको उन्यासबारे लेकख श्यामल र विभासले टिप्पणी गरेका थिए । लेखक श्यामलले उन्यासले १० बर्षे शसस्त्रद्वन्द्वको स्थितिलाई जस्ताको तस्तै उतारको बताए ।
इमानदार मान्छेको इमानदार नियतको कथा उपन्यासले बोकेको उनको भनाई छ ।
विभासले उपन्यासले रोल्पाको माओवादी आन्दोलन बोल्ने बताए ।
पहिलोपटक २०६३ सालमा रोल्पा पुगेको स्मरणगर्दै लेखक बोखिमले त्यतिखेरै उपन्यासको कथा मनमा गडेको बताए ।
कथा संग्रह ‘रुमानी साँझ’ बाट नेपाली साहित्यमा पाइला टेकेका बोखिम ‘गोधुली गीत’ प्रथम उपन्यास हो ।