युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ ।
२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक विचार लिएर सबै विदेश जान थालेको बताउनुभएको हो । उहाँले युवाहरुलाई आफ्नै देशमा बसेर श्रम शक्ति खर्च गरी देश बनाउनतर्र्फ नेतृत्वदायी भुमिका निभाउन आग्रह गर्नुभयो । मन्त्री लिम्बूले सरकारले शुसासन दिन खोजेको भन्दै युवाहरु राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा आएर नेतृत्व गर्नुपर्र्ने समय आइसकेको बताउनु भयो । उहाँँले नेपाली युवासँग सीप, क्षमतासँगै इच्छाशक्ति हुनुपर्ने धारणा राख्नुभयो ।
युवा तथा खेलकुदमन्त्री लिम्बूले भन्नुभयो, ‘अहिले युुवालाई रोजगारीको पाटोमा कसरी लिएर जाने त ? कसरी उद्यमशिल बनाउने त ? भन्ने विषयमा सरकारले यो आर्थिक वर्षलाई युवा उद्यमशिल वर्षको रुपमा मनाउने भन्ने कार्यक्रम लिएर आएको अवस्था छ । बढी भन्दा बढी आर्थिक उत्पादन गरेर आर्थिक वृद्धि गरेर युवाहरुलाई आफ्नै गाउँमा आफ्नै ठाउँमा बसेर रोजगारी गर्ने स्थिति निर्र्माण गर्ने कुरामा सरकार तल्लीन छ । नेपाली युवासँग सीप, क्षमता पनि छ । तर, इच्छाशक्ति हुनुपप¥यो । म यो गर्छु भनेर एउटा कमिटमेन्ट चाहियो । अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन, देशमा केही छैन भन्ने एउटा नकारात्मक विचारका साथ सबै विदेश लाग्ने प्रकृयामा हाम्रा युवाहरु हुनुहुन्छ । तर, विदेशमा गएरपनि कति उपलब्धी भयो त ? त्यो कुरापनि हेरेर हामी अघि बढ्नुपर्र्छ । अब विदेशमा होइन आफ्नै देशमा बसेर श्रम शक्ति खर्र्चेर यो देशलाई बनाउने यहाँको आर्थिक विकास गर्ने सबै नेपालीलाई सम्मुनत बाटोमा अघि बढाउन युवा साथीहरुले नेतृत्व गर्नुपर्छ । युवाहरु राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा आएर नेतृत्व गर्नुपर्र्ने बेला आइसक्यो । अब ढिला गर्नुहुँदैन । हामी देश बनाउन जुटौं । सरकारले शुसासन दिन खोजेको छ ।’’
उहाँले युवाहरुलाई रोजगारी दिलाउने कार्यक्रम ल्याउन सरकार तल्लीन रहेको बताउनु भयो । युवाहरुले मुलुक हाँक्न र देशलाई समृद्धीको दिशातर्फ लैजानको निमित्त तयारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मन्त्री लिम्बूले सरकारले युवा नीति परीमार्जन गरेर अधिकतम युवाहरुलाई अवसर दिन चाहेको बताउनु भयो । उहाँले युवा नीति राम्रो बने परिणाम पनि राम्रो आउने भन्दै युवाहरु मिलेर देशलाई अघि बढाउनुपर्र्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको दिन युवाहरुको निम्ति खुशी, उत्साहको दिन हो । युवा दिवसको अवसरमा यस मन्त्रालयमार्फत विभिन्न कार्यक्रमको आयोजनाहरु भएको छ । युवाका कुराहरु सरकारले सुन्न तयार छ । अब हामीले संकल्प गरेर निस्कीयौं, यो देश बनाउने हो की नबनाउने ? देश बनाउने संकल्पका साथ जानुपर्छ । तपार्ई युवा साथीहरु हरेक कुरामा अब्बल हुनुहुन्छ । तपाईहरुले यो मुलुकलाई हाँक्नको निमित्त, देशलाई समृद्धीको दिशातर्फ लैजानको निमित्त तयारीका साथ अघि बढ्नुपर्छ । अहिले हामीले नेतृत्व गरिरहेका छौं । भोलि नेतृत्व गर्ने तपाईको हातमा आउने बेला भइसकेको छ । युवाले नेतृत्व प्राप्त गरेको छैन । तर, के गरेर प्राप्त हुन्छ त ? कसरी जाने त ? यो विषयमा मन्त्रालयपनि चिन्तित छ । युवा नीति परिमार्जन गरेर धेरै युवालाई अवसर दिन चाहन्छ । धेरै युवाहरुलाई डो¥याउन चाहन्छ । धेरैभन्दा धेरै युवा साथीहरुको कुरा सुनेर कार्यक्रमहरु अगाडी बढाउन चाहन्छ । तपाईहरु आउनुहोस् । तपाई, हामी मिलेर नीति र कार्यक्रम बनाउँदै अगाडी बढौं । अहिलेसम्म तपाईहरुले प्राप्त गरेका अनुभवहरु, सिकेका कुराहरुलाई पनि मन्त्रालयमा, राष्ट्रिय युवा परिषद्मा राखेर अगाडी बढ्न सक्नुहुन्छ । राम्रो नीति बनाउन सक्यौं भने राम्रो परिणाम दिनसक्छौं भन्ने मलाई लाग्छ । हामी सबै मिलेर अघि बढौं । ’
मन्त्री लिम्बूले देश विकास निर्माणमा युवाको नेतृत्वदायी भुमिका रहने बताउनु भयो ।