कांग्रेस संसदीय दलको बैठक आज सकिंदै

.

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सकिंदै छ । गत शुक्रबारदेखि जारी बैठक आज सकिन लागेको हो ।

समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै बैठक आज सकिने प्रमुख सचेतक रमेश लेखकले जानकरी दिए ।बैठकमा सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूले आफ्नो धारणा राखेका थिए ।

आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा बाँकी सांसदहरूले धारणा राख्ने छन् ।

महत्वपूर्ण विषयलाई पारित गर्दै बैठक आजै समापन गरिनेछ ।