सर्लाही घटना प्रति क्रसर व्यवसायी महासंघको आपत्ती, दोषीलाई कारवाही गर्न माग

.

सर्लाही- सर्लाहीका क्रसर व्यवसायी अर्जुन राय ाझी माथी भारतीय पेसेवर सुटरहरुलाई गोली हान्न आदेश दिइएको घटनाप्रति नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बिहिवार एक विज्ञप्ती जारी गर्दै महासंघले घटनाकै कारण व्यवसायी रायमाझीले जिल्ला नै छाडेर काठमाडौँ बस्नु परेकामा क्रसर व्यवसायीहरुलाई स्तब्ध बनाएको अध्यक्ष सिताराम न्यौपानेले बताए ।

बागमती नगरपालिकामा कार्यरत लेखापाल विश्वराज पोखरेलको घटनामा संलग्नता देखिएसँगै अदालतले पक्राउ पूर्जी जारी गरिएकोप्रति भने महासंघले स्वागत गरेको छ ।

दोषीमाथी कारवाहीको जोडदार माग गर्दै व्यवसायीहरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बना इदिन सरोकार वाला पक्षलाई आग्रह गरेको छ । यस्ता घटनाले देशमा व्यवसाय गरेर कर तिर्ने व्यवसायी कसरी सुरक्षित हुने भन्ने प्रश्न चिन्ह समेत खडा भएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।