पूर्वी जेरुसेलममा सार्वजनिक यातायात सञ्चालन गर्न २६४ मिलियन अमेरिकी डलर विनियोजन

.

इजरायलले पूर्वी जेरुसेलममा सार्वजनिक यातायात सञ्चालनको लागि २६४ मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । इजरायली यातायात र सडक सुरक्षा विभागले यस बारेमा आईतवार जानकारी दिएको हो । पूर्वी जेरुसेलमको विकासका लागि इजरायली सरकारले स्वीकृत गरेको पाँच वर्षे योजनाको एक भागको रुपमा यो योजना घोषणा गरिएको हो । यस परियोजनामा पूर्वी रिङ रोड सम्पन्न गर्ने बताइएको छ । यसले उत्तरदेखि दक्षिणसम्म जेरुसेलमको पूर्वी क्षेत्रलाई जोड्छ । यो योजना सन् २०१८ को इजरायली मन्त्रीपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि अघि बढाइएको हो । यो शिक्षा, रोजगारको विकाससँगै पूर्वी जेरुसेलमको विकास गर्ने योजनाका रुपमा हेरिएको छ ।
सिन्ह्वाको सहयोगमा