२०२४ को पेरिस ओलम्पिकलाई लिएर चिन्तित पेरिसका बासिन्दा

.

पेरिसका बासिन्दाहरुले सन् २०२४ को पेरिस ओलम्पिकका खेलहरुलाई लिएर चिन्तित भएका छन् । आयोजक र अन्य अधिकारीहरुले सेइन नदीको फोहोर पानीको कारण गत हप्ता दुई वटा ओलम्पिक खेल रद्ध गरेसँगै स्थानीयहरुले चिन्ता व्यक्त गरेका हुन् । नदीमा प्रदुषणको बढेका कारण सन् २०२३ वल्र्ड एक्वेटिक्स ओपन वाटर स्विमिङ विश्वकप पनि रद्ध गरिएको छ । एक अन्तर्वार्ताका क्रममा पेरिस २०२४ का अध्यक्ष टोनी एस्टान्गुएटले पौडीको लागि सेइन नदीको विकल्प नभएको बताउनु भयो ।

सेइन नदी सफाइ गर्नुपर्ने कुरा धेरै पहिलादेखि शुरु गर्नुपर्ने भएपनि त्यो हुन नसक्दा समस्या उत्पन्न भएको स्थानीयहरुको भनाइ छ । उनीहरुले स्वीमिङका लागि २०२४ सम्म नदी सरसफाई गरेर पूर्ण रुपमा प्रतिष्पर्धायोग्य बन्नसक्नेमा आशंका रहको बताए ।