राजनीतिक अस्थिरताका कारण ४ वर्ष निलम्वनपछि प्यालेस्टाइनी शारीरिक अशक्त भएका महिला ह्वीलचियर टिमले प्रतियोगितामा सहभागी जनाउन शुरु गरेका छन् । इन्टरनेशनल कमिटी अफ रेडक्रस (आइसीआरसी) को आयोजनामा बुधवारदेखि साद साइएल रंगशालामा शुरु भएको खेल एक हप्तासम्म चल्नेछ । खेलकुदले मानिसलाई मानसिक र शारीरिक बल दिने भएकाले पनि खेल महत्वपूर्ण भएको ह्वीलचियर बास्केटबल खेलाडी फातिमा अल हलोलीले बताउनु भयो । अल हलोलीको प्रशिक्षक हेबा अल रवाघले हलोली टोलीको प्रमुख खेलाडी भएको बताउनु भयो ।
३५ वर्षीया सुहा अबो होडाले २०१६ मा गाजाको महिलाहरुको लागि पहिलो ह्वीलचियर बास्केटबल टोली बनाउन पाउँदा गर्व भएको बताउनु भयो । उहाँले खेलले आफूलाई उर्जावान बनाएको बताउनु भयो ।
प्यालेस्टाइनी पाराओलम्पिक समितिका प्राविधिक निर्देशक मौसा कदुमका अनुसार गाजामा अहिले ८ पुरुष ह्वीलचियर बास्केटबल टोलीहरु छन् । जसले स्थानीय भ्याम्पियनसिपमा प्रतिष्पर्धामा गर्नेछन् । उहाँले प्यालेस्टाइनी युवा र खेलकुदका लागि सर्वोच्च परिषद्ले सेप्टेम्बरमा वेस्ट बैंक र गाजापट्टी बीचको प्रतियोगिता आयोजना गर्ने बताउनु यो ।
ह्वीलचियरमा महिलाको लागि यो पुनःउत्थान प्रतियोगिता सेप्टेम्बरमा आयोजना हुने लिगको तयारीको लागि हो । यस प्रतियोगितामा सहभागीहरुको उमेर १८ देखि ४० वर्षसम्म छ । उनीहरु सबै शारीरिक रुपमा अशक्त छन् । यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान बनाउने छन् ।