दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे बिरोध जनाउँदै मार्च पास गरेका छन् । शुक्रवार दक्षिण कोरियाको राजधानी सोउलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको बिरोध गरेका हुन् । जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र छिमेकी देशहरुले बिरोध जनाएका छन् । साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरुले बिरोध गर्दै प्रदर्शनसमेत गरिरहेका छन् । जापानले गत बिहीवार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो । पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताइएको छ । दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन् ।
दुषित जल समुन्द्रमा फालेको जापानको कदमबिरुद्ध दक्षिण कोरियाली सांसदहरुको बिरोध