इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न लेबनान तयार भएको छ ।बिहीवार लेबनानका विदेशमन्त्री अब्दुल्ला बौ हबीबले इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न आफूहरु तयार रहेको बताउनुभएको हो । लेबनान र इजरायलबीच समुन्द्री सीमा सिमाङ्कन भइसकेसँगै भूमि सिमाङ्कनका लागि पनि वार्ता गर्न लागिएको हो । सीमा समस्यालाई वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्ने बताउनु भयो । अहिले इजरायल र लेबनानबीच १३ वटा स्थानमा विवाद छ । २००६ मा एक महिना लामो युद्धपछि दुई देशबीच छलफलबाट समस्या समाधान हुँदै आइरहेको छ ।
लेबनानले भन्यो सीमा समस्या समाधानका लागि इजरायलसँग वार्ता गर्न तयार छौँ