स्पेनमा आईतवार र सोमवार आएको आँधीका कारण एक जनाको मृत्यु भएको छ । साथै एक जना बेपत्ता भएको बताइएको छ । त्यस्तै सोमवार चार सदस्य यात्रा गरिरहेको कार म्याड्रिडको दक्षिणमा अल्बर्चे नदीमा खस्दा एक अर्का व्यक्ति बेपत्ता भएका छन् । कारमा सवार आमा र छोरी भने भाग्न सफल भएको सञ्चारमाध्यमले जनाएका छन् । १० वर्षीय छोरा घण्टौंपछि फेला परेका थिए । मध्य र पूर्वी स्पेनमा अत्याधिक वर्षा भएको थियो । मध्य स्पेनको टोलेडो प्रान्तको शहर कासारुबियास डेल मोन्टमा कारमा यात्रा गरिरहेका व्यक्तिको मृत्यु भएको हो ।
स्पेनमा आँधीका कारण एकको मृत्यु, एक बेपत्ता