पोखरामा लाउरेको रेलीमाईमाथि छलफल

.

 पोखरा – लाहुरेको रेलिमाई उपन्यासका लेखक विजय हितानसँग पोखरामा स्रष्टा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

 

नौलो बहस पोखराले कार्यक्रमको आयोजना गरेको उक्त स्रष्टा साक्षात्कार कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पत्रकार लक्ष्मण वियोगीले लाहुरेको रेलिमाई एक उत्कृष्ट र ऐतिहासिक कृति हुनुका साथै मास्टर मित्रसेनमाथि लेखिएको जीवन्त कृति भएको बताए ।

 

कार्यक्रममा बोल्दै अर्को चर्चित लेखक तथा साहित्यकार सरु भक्तले आफूले लाहुरेको बारेमा नाटक मन्चन गरेको स्मरण गर्दै पोखरा लाहुरेको शहर भएकोले पोखराबासीले लाहुरेको रेलिमाई अति नै रुचाएर पढनेछन् भन्नेमा आफू ढुक्क रहेको समेत बताए ।

 

त्यस्तै साक्षात्कार कार्यक्रमका बिशेष वक्ता प्रा. डा .गोविन्दराज भट्टराईले लाहुरेको रेलिमाई उपन्यासमा मास्टर मित्रसेनको जीवनीमा आधारित ऐतिहासिक युद्ध साहित्यको एक मास्टर पिस भएको र यसमा विद्यार्थीहरु पिएचडी गर्न सक्ने बिषय रहेको बताए ।

 

भट्टराईले थप गर्दै भने हितानले युद्ध साहित्य र पर्या साहित्यलाई नेपाली साहित्यमा व्यापक बनाउन कोशे ढुङ्गा साबित भएको जिकिर समेत गरे । उपन्यासका लेखक विजय हितानले पोखरामा कार्यक्रम आयोजना गरेर आफ्नो कृति माथी साक्षात्कार गरेकोमा आयोजक सॅस्था नौलो बहस साथै यसका संयोजक दिपक पराजुलीलाई धन्यवाद दिदै पोखरा लाहुरेहरुको सहर भएकाले आफ्नो उपन्यास पोखराले रुचाउनेमा बिस्वस्त रहेको बताए ।

 

कार्यक्रममा लेखक हितानले उपन्यास लेख्दाका गर्भरचना समेत सुनाएका थिए  ।