काठमाडौ -स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुलले आयोजना गरेको तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव यहि बुधबारबाट संचालन हुँदैछ ।
महोत्सव कार्तिक २२ मा उद्घाटन भै २५ गते शनिबारका दिन समापन हुनेछ । ९ वटा राष्ट्र सहभागी यस महोत्सवमा बिभिन्न देशका थियटर कलाकारहरुले तयार पारेर ल्याउनुभएको नाटकहरु हरेक दिन ३ सो का दरले प्रस्तुत हुनेछन् । महोत्सवमा नेपालबाट स्वस्तिश्री गुरुकुल आई। बर्ल्ड स्कुल लगायत अरु ५ विद्यालय तयार परेका नाटकहरु प्रस्तुत हुनेछन् ।

विद्यालयकि प्रवन्ध निर्देशक साथै यस नाटक महोत्सवकि अध्यक्ष मिना महर्जनले “विश्वमा देखिएको अशान्तिले भविष्यका कर्णधार वालबालिकाहरु युद्धबाट नराम्ररी प्रभावित भैराखेको अवस्थामा ‘बालबालिकाहरुको लागि शान्ति’ नाराको साथ नाटक महोत्सव गर्न लगिएको” प्रष्ट पर्नुभयो ।
नाटक महोत्सव विभिन्न देशका नाट्य कलाकार जमघट मात्र मात्रै नभएर बिश्व शान्ति स्थापनार्थ मेलमिलाप भावना जगाउने, विश्व भाईचारा स्थापित गर्ने, विविधतालाई सम्मान साथै देशको पर्यटनमा सहयोग गर्ने एउटा महत्वपूर्ण माध्यम पनि बन्नेछ भन्नेमा नाटक महोत्सव निर्देशक टंक चौलागाईले विश्वास व्यक्त गर्नुभयो ।
