काठमाडौं -ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वर र फाउण्डेसन अफ नेपाली सोसाइटीको संयुक्त आयोजनामा काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा एकदिने निः शुक्ल वृहत दन्त तथा मुखको परीक्षण शिविर सञ्चालन हुने भएको छ ।
शिविर २२ गते शुक्रवार गाउँपालिकाको प्रांगणमा बिहान ८ बजेदेखि शुरु हुने र ४ बजेसम्म सञ्चालन हुने ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वरका सञ्चालक कृष्ण घिमिरेले जानकारी दिए । सामुदायिक र समाजिक उत्तरदायीलाई आत्मसात गर्दै फाउण्डेसन अफ नेपाली सोसाइटीको संगको संयुक्त प्रयासमा शिविर सञ्चालन हुन लागेको हुनाले त्यसबाट ढुङ्खर्क बासीहरुको दात तथा मुखको परीक्षण गरिनुका साथै औषधि समेत निःशुक्ल वितरण गरिने समेत घिमिरेले बताए ।
सामुदायिक स्वास्थ्यको सुधारको लागि भविष्यमा पनि फाउण्डेसनसँगको सहकार्यमा दाँत तथा मुखको परीक्षण शिविरहरु देश विविध क्षेत्रमा सञ्चालन गर्ने ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वरले प्रतिवद्ध गरेको घिमिरेको भनाइ छ।
निःशुक्ल दाँत तथा मुखको परीक्षणमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वरले मङ्सिर १६ गते सिन्धुपाल्चोकको महेन्द्र प्रताप मा.वि. मा सम्पन्न भएको थियो ।