आज देशभर ३ हजार ९३५ जना काेराेना संक्रमणमुक्त, १०काे मृत्यु

.

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पिसिआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने १० संक्रमितले ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८९२ पुगेकाे छ ।

 

 

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितकाे संख्या २२ हजार ५८४ पुगेकाे छ ।