पत्रकार भगिश्वर लिम्बुको कविता संग्रह थोःक्लाको विमोचन

.

काठमाडौं -तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मंगलबार पत्रकार भगिश्वर लिम्बुको लिम्बु भाषाको कविता संग्रह विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह विमोचन गर्नु भएको छ । कविता संग्रहविमोचन गर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमा उभ्याउनका लागि स्थानीय सरकारले समेत सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।

गद्य र पद्यदुवै शैलीमा तयारी गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन । कविताहरुद्धारा लिम्बु समुदायमा रहेका मौलिकता र विगतका वास्तविकताको भाव उदृत गरिएको प्रकाशक तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालका सचिवबलि तेयुङले जानकारी दिनु भयो । यो कविता संग्रहले पछिल्लो पिढीँका कवि वा कवितामा रुचि राख्ने साहित्य प्रेमीहरुलाई कविता मोह बढाउन सकोस भन्ने अपेक्षा राख्ने विश्वासको कवि भगिश्वरले बताउनु भयो । पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृतिप्रति मोह घट्दै गई रहेको बेला कवि भगिश्वरद्धारा कृति प्रकाशन गर्नु महत्वपुर्ण रहेको मुन्धुमविद तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताउनु भयो ।

लिम्बु भाषा र लिपीमापहिलो पटक प्रकाशनभएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेलीमाईतीबीच आर्थीक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषमा थोःक्ला भनिन्छ । विगत दुई दशकदेखि पत्रकारितमा कृयाशील हुँदै आउनु भएका भगिश्वर लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर,पत्रकार महासंघ तेह्रथुमका पूर्व उपाध्यक्ष हुन । कृति देवनारिक र श्रीजंगा लिपीमा प्रकाशनगरिएको छ । सानै उमेरदेखि साहित्यमा रुची राख्दै आउनु भएका कवि लिम्बुले फुटकर कविता हाँस्यव्याङग विधाहरु प्रस्तुत गर्दै आउनु भएको छ ।