सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

.

काठमाडौं-संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। 

उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।

उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको छातीमा निमोनिया देखिएको थियो।