२३१९ जनाले कोरोना जिते, थप ८ को मृत्यु

.

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ७ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पिसिआर परीक्षण गर्दा ४८२ जना र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जना गरी ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

सोही अवधिमा २ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् भने ८ संक्रमितले ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०० पुगेको छ ।

 

 

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ पुगेको छ ।

 

 

No photo description available.