नगर विकास कोष अझ सुदृढ हुन आवस्यक छ : मन्त्री झाक्री

.

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाक्रीले नगर विकास कोष अझ सुदृढ हुन आवस्यक रहेको बताएकी छन् । नगरपलिकाहरुमा ऋण लगानी गर्दै पुर्वाधार निर्माणमा साझेदार रहदै आएको नगर विकास कोषको ३४औ वार्षिकोत्सवको अवसरमा मन्त्री झाक्रीले यस्तो बताएकी हुन् ।

 

कार्यक्रममा बोल्दै झाक्रीले राजनीतिक स्वार्थ र भोट बैंकका लागि पालिकाहरुले मन्त्रालयसम्म आएर आयोजना माग गर्ने गरेको बताउँदै उनले त्यसता कार्यलाई मन्त्रालयले कदापि स्वीकार नगर्ने बताइन् । चुनाव नजिकिदै गर्दा मतदातालाई खुशी पार्न मागहुने गरेका आयोजनालाई स्वीकृती नगर्दा आफ्नै पार्टिमा पनि आलोचना हुने गरेको उनले बताइन् ।

 

त्यसतै कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद साप्कोटाले कोषको वर्तमान अवस्था र भावि योजनाका बारेमा जानकरी दिएका थिए । साप्कोटाले काठमाडौमा विद्युतिय सवारी संचालनदेखि व्यवस्थित पार्किङ निर्माण गर्ने चरणमा नगर विकास कोष रहेकोसमेत जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा कोषले उत्कृष्ट नगरपालिका, खानेपानी उपभोक्ता संस्था र उत्कृष्ट कर्मचारीलाई पुरष्कृत गरेको थियो । नगरपालिकातर्फ पुरष्कृत हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, सर्लाहीको हरिवन नगरपालिका रहेका थिए भने खानेपानी उपभोक्ता संस्थातर्फ सितलपाटी खानेपानी उपभोक्ता संस्था र बिर्तामोड खानेपानी उपभोक्ता संस्था रहेका थिए ।

 

त्यस्तै कर्मचारीतर्फ कोषका अधिकृत मानबहादुर पुन र वरिष्ठ साहेक हरकुश बोहोरा सम्मानित भएका थिए ।
कार्यक्रममा मन्त्री झाक्रीले कोषको वार्षिक प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन ।