स्थानीय निर्वाचन सार्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

.

काठमाडौं – आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

 

वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले दिएको रिट दर्ता गर्न सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार आदेश दिएको हो । यसका साथै यही प्रकृतिका अन्य रिट भए पनि दर्ता गर्न आग्रह गरिएको छ ।

 

 

“संविधान र कानुनको व्याख्या सम्बन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपिठ गरी टुंग्याउनु उचित देखिँदैन ।  तसर्थ, निवेदन दरपिठ गरेको यस अदालतका रजिस्ट्रारको मिति २०७८।१०।२६ को आदे श बदर गरिएको छ । अरू कुराको रित पुगेको भए पेस हुन आएको रिट निवेदन दर्ता गरी अरु नियमानुसार गर्नू ।” आदेशमा भनिएको छ ।

 

 

सर्वोच्चको आदेशः-

 

 

No description available.