टि२० विश्वकप ग्लोबल छनोट: उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात

.

काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत विजयी सुरुवात गरेको छ । शुक्रबार घरेलु टोली ओमानमाथि ३९ रनको जित निकाल्दै नेपालले सुखद् सुरुवात गरेको हो ।

 

 

१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रन बनाउँदै अलआउट भएको हो ।

 

 

ओमानका लागि नासिम खुसीले सर्वाधिक २४ रन बनाए । त्यस्तै, ओपनर कश्याप प्रजापति शून्यमा आउट हुँदा जितेन्दर सिंह र आमिर कालिमले समान ९/९ रन जोडेर पेभेलियन फर्किए भने खवर अली ७ रनमा, अयान खान ३ रनमा, कप्तान जिसान मक्सुद २ रनमा र सोयब खान १ रनमैआउट भए ।

 

 

ओमानलाई सस्तैमा समेट्न नेपालका कमलसिंह ऐरीले ३ विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान  २/२ विकेट लिँदा जितेन्द्र मुखिया, अविनाश बोहराले समान एकएक विकेट लिए ।

 

 

त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनाएको थियो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।

 

 

यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६/१६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए ।

 

 

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिए ।