आज थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

.

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ३ हजार ५३८ र एन्टिजेन विधिबाट ३ हजार ५५८ जनामा परिक्षण गर्दा ३५० जनामा कोरोना संक्रमण देखिएको हो ।

 

 

यस्तै, आज थप १ हजार २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ ।

 

 

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९१७ छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।