शुक्रबारदेखि चितवनमा चौंथों एग्रीटेक अन्तराष्ट्रिय प्रदर्शनी

.

चितवन – कृषि सम्बन्धि बृहत अन्तराष्ट्रिय प्रदर्शनीमा चौंथों नेपाल एग्रीटेक अन्तराष्ट्रिय प्रदर्शनी २०७८ आगामी फागुन १३ गते शुक्रबारदेखि चितवनमा आयोजना हुने भएको छ ।

चितवन एक्सपो सेन्टर, भरतपुरमा फागुन १३, १४ र १५ गतेसम्म चल्ने प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसीपालन, डेरी उपकरण, पुष्प खेती, केरा खेती, आधुनिक थोपा सिंचाइ, आधुनिक टनेल खेती, खाद्य प्रशोधन प्रविधि तथा अन्य नविनतम प्रविधिहरुको प्रदर्शन गरिने आयोजक पक्षले जनाएको छ ।