दक्षिण कोरियामा काम गरी फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने

.

कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।

मंगलवार ललितपुरमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो । के हामी परियोजनाले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकास गरी स्थायी पुनः एकीकरणको माध्यमबाट नेपालको सामाजिक, आर्थि विकासमा योगदान पु¥याउने उद्देश्यअनुरुप प्रथम पुनः एकीकरण तथा अभिमुखीकरण तालिम दिने भएको हो । कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले इपिएस कोरियामार्फत कोरियाले नेपालीहरुलाई उल्लेखनीय रोजगारी उपलब्ध गराएको बताउनु भयो । उहाँले यो कार्यक्रमले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता देखाएको बताउनु भयो । उहाँले नेपाल र कोरिया सरकारको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमले धेरै नेपालीहरुलाई सहयोग पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘इपिएस कोरियामार्फत नेपाली दिदिबहिनी दाजुभाईहरुलाई कोरियाले उल्लेखनीय रोजगारी उपलब्ध गराएको छ । यो प्रोजेक्टले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता जुन देखाएको छ, यो आफैँमा महत्वपूर्ण छ । नेपाल र कोरिया सरकारको पार्टनरसिपमा नै यो प्रोजेक्ट सञ्चालन भएको थाहा पाउँदा खुशी लागेको छ । मेरो विचारमा यो प्रोजेक्टको उद्देश्य ह्याप्पी रिटर्न एण्ड प्रस्पोरस रिटर्नी हुनुपर्छ जस्तो लाग्छ । यहीँ केही गरौँ भन्ने रुपमा लिनुपर्छ ।’

उहाँले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीहरुलाई खुशी बनाउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल