अफगानिस्तानमा घर–घरमा पोलियो बिरोधी अभियान शुरु

.

अफगानिस्तानमा चार दिने घर–घरमा पोलियो बिरोधी अभियान शुरु भएको छ । अभियानअन्तर्गत पाँच वर्षमुनिका १०.७२ लाख बालबालिकालाई पोलियोबिरुद्धको औषधि खुवाइनेछ । ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन एको पूरक डोज पनि खुवाइनेछ । बाम्यान, दयाकुण्डी र घोर प्रदेशमा भारी वर्षा र चिसो मौसमका कारण अभियान ढिला भएको बताइएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।