नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरु समयमै सम्पन्न हुन नसक्नुको कारण समाधानका उपायहरु खोज्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजनाहरु समयमै सम्पन्न नसकेको पनि बताउनु भयो । उहाँले अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या रहेको भएपनि कतिपय योजनाहरु निर्माण कम्पनीहरुको बद्मासीका कारण सम्पन्न नभएको जिकिर गर्नुभयो । उहाँले अब कुनैपनि निर्माणका योजनाहरु समय भन्दा पर जाने कुराको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो । उहाँले पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको पनि उल्लेख गर्नुभयो । उहाँले कतिपय अवस्थामा निर्माण व्यवसायीहरले ठेक्का प्राप्ति गरिसकेपछि शुरुमा केही रकम लिने र समयमा काम नगर्ने अवस्था भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विकासका योजनाहरु समयमै सम्पन्न हुन नसक्नुको कारणहरु र समाधानका उपायहरुको बारेमा हामी निस्कर्षमा जानुपर्छ । ठोस नीति हामीले बनाउन सकेका छैनाँै । कार्यान्वयन जाने अवस्थामा हामीले वातावरण बनाउन सकेनौँ । अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या छन् । हामीले यी सबै समस्या समाधानका लागि आवश्यक वातावरण किन बनाउन सकेनौँ ? यसबारेमा छलफल गर्नुपर्छ । गहन छलफल हुनुपर्छ । अन्तर सरकारी निकायहरुमा समन्वय हुन अनिवार्य छ । अब कुनैपनि निर्माणका योजनाहरु समय भन्दा पर जाने कुराको अन्त्य हुनुपर्छ । पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्वपूर्ण आवश्यकता छ । कतिपय अवस्थामा निर्माण व्यवसायीहरले ठेक्का प्राप्ति गरिसकेपछि शुरुमा केही रकम लिने र समयमा काम नसक्ने काम हुन्छ । हामीले किन निरीक्षण गर्न सकेका छैनौँ । यसमा गम्भीर हुनुपर्छ ।’
सांसद भण्डारीले नियतवश काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरुलाई कानूनको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल