पहिलो त्रैमासमा इण्डोनेसियाको अर्थतन्त्र ५.११ प्रतिशत बढ्यो

.

इण्डोनेसियाको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिकमा वार्षिक रूपमा ५.११ प्रतिशतले वृद्धि भएको तथ्याङ्क इण्डोनेसिया बीपीएसले सार्वजनिक गरेको छ । त्रैमासिक वृद्धि सन् २०१५ यताको पहिलो त्रैमासिककै उच्च हो । बीपीएसकी कार्यवाहक प्रमुख अमालिया विद्यासन्तीले मुलुकले सन् २०१४ को पहिलो त्रैमासिकमा ५.१२ प्रतिशतको वृद्धि भएको बताउनु भयो । तर गत त्रैमासिकको तुलनामा आर्थिक वृद्धि ०.८३ प्रतिशतले संकुचित भएको छ । उत्पादनको हिसावले पहिलो त्रैमासमा आर्थिक वृद्धिमा मुख्य योगदानकर्ता प्रशोधन, व्यापार, निर्माण र खानी क्षेत्र रहेको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा, उत्पादन क्षेत्र ०.८६ प्रतिशतमा वृद्धिको उच्चतम स्रोत रहेको उहाँले बताउनु भयो ।
सिन्हवाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।