मन्त्री लेखीद्वारा महोत्तरी जिल्लास्थित नेपाल—भारत सीमा नाकाको अनुगमन

.

मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले महोत्तरी जिल्लास्थित नेपाल—भारत सीमा नाकाको अनुगमन गर्नुभएको छ ।

मन्त्री लेखीले बिहीवार महोत्तरी जिल्लास्थित भारतीय सीमासँग जोडिएको भिठामोड तथा सम्सी नाकाको अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा मन्त्री लेखीले सीमा नाकाको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी समेत लिनुभयो । पछिल्लो समय मधेस प्रदेशमा विभिन्न अपराधिक क्रियाकलापमा भारतीय सीमा नाकाको प्रयोग गरिएको पाइएकाले सीमा नाकाको अवस्थाबारे बुझ्ने उद्देश्यले निरीक्षण तथा अनुगमन गरेको जानकारी दिनुभयो । उहाँले सीमा नाकामा हुने गरेका चोरी निकासी, अपराधिक कृयाकलाप, लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि चाल्न सकिने कदमका बारेमा समेत विचार विमर्ष गरिएको बताएउनु भयो । भीठामोड तथा सम्सी नाकाको अनुगमन गर्नुभएका मन्त्री लेखीले दुवै नाकामा राजश्व संकलन ८५ प्रतिशत भन्दा बढी भएको जानकारी दिनुभयो । यसका साथै शान्ति सुरक्षाको स्थिति समेत राम्रो पाएको उहाँले बताउनु भयो । यद्यपि सीमानाका चोरी निकासी, लागुपदार्थ दुव्र्यसन नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई आफूले निर्देशन दिएको बताउनु भयो ।

सीमा नाकामा आवतजावत गर्ने नागरिकलाई सहज र सजिलो वातावरण बनाउनुका साथै विभिन्न आवरणमा हुनसक्ने चोरीपैठारी नियन्त्रणका साथसाथै लागुपदार्थ ओसारपसारमा समेत उच्च निगरानी गर्न आफूहरु अग्रसर रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल