२ जेष्ठ २०८१
धादिङ, गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ द्वारा शारिरिक रुपमापूर्ण अश्क्त र अपाङ्गहरूलाई घरघरमै पुगि ह्विल चियर, ट्वाइलेट कम्बट र छडी लगायतका स्वास्थ्य सामाग्री वितरण गर्नु भयो । लामो समय देखि स्वास्थ्यमा समस्या भएका अश्क्त र अपाङ्गहरुले गरेका विभिन्न माग अनुसार उक्त स्वास्थ्य सामाग्री वितरण गरेको र यस सामाग्री वितरण पश्चात अश्क्त र अपाङ्गहरुले धेरै नै रहात महशुस गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि स्थानिय सरकारले गरेका यि प्रयत्नहरु निकै नै शहरानिय र राम्रो कार्य भएको स्थानियवासीहरुले बताए ।