प्रचण्डको गीतको भिडियो ‘तिम्रै याद आउछ ‘मा साक्षी लम्साल (भिडियो)

.

काठमाडौं – गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत ‘तिम्रै याद आउछ ‘ सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।

 

हरि लम्सालको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोमा मोडेल साक्षी लम्साल , प्रचण्डबाबु र सचिन बोगटीको अभिनय रहेको छ । टुवेल नोट्स युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा रोशन के श्रेष्ठको सीनेमाटोग्राफी, प्रविन मानन्धरको ड्रोन क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ ।

 

प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो ।