काठमाडौं – प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ। सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि तय भएको थियो। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर शुक्रबारको लागि तोकिएको भए पनि आज पनि अन्तिम समयमा आएर सारिएको हो।
आजको लागि तय भएको संसद बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने थियो। उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।