ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताउनुभएको छ ।
बुधवार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक पछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेको बताउनु भयो । उहाँले शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरीएको बताउनु भयो । उहाँले स्वास्थ्यमा आमूल परिवर्तन गर्नेगरी काम गरिने बताउनु भयो । उहाँले ललितपुर महानगरभित्रका सम्पदामा कसैले आँच नपुग्नेगरी काम गर्न पाइने नीति लिएको बताउनु भयो । उहाँले वातावरणको क्षेत्रमा पनि कायपलट हुनेगरी काम गर्नेगरी नीति ल्याएको बताउनु भयो । उहाँले ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगैँचाहरुको विकास गर्ने नीति लिएको बताउनु भयो । उहाँले ललितपुर महानगरपालिकाले डेगुको भ्याक्सिन ल्याउने कोशिस गर्ने बताउनु भयो । उहाँले ललितपुर महानगरपालिकाभित्र सडक सञ्चाललाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरु बनाउने योजना बनाउने नीति लिएको बताउनु भयो । उहाँले चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएको बताउनु भयो । उहाँले खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प पनि खोज्ने पक्षमा महानगर रहेको बताउनु भयो । उहाँले त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको सिस्नेरी खोलाको पानी ल्याउन सरकारसँग पहल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेका छौं । शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरेका छौं । स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिरहेका छौं । सम्पदामा कसैले आच पुग्ने गरी काम गर्न पाइदैन । वातावरणको क्षेत्रमा पनि कायपल्ट हुनेगरी काम गर्ने गरी नीति ल्याएका छौं । ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगौचाहरुको विकास गर्ने नीति लिएका छौं । ललितपुर महानगरपालिकाले डेगुको भ्याक्सिन ल्याउने कोशिस गरेका छौं । ललितपुर महानगरपालिकाभित्र सडक सञ्चाललाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरु बनाउने योजना बनाएका छौं । चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएका छौं । खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ । मेलम्चीको विकल्प पनि खोज्नुपर्छ । त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको छ । सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको काम राम्रो छ ।’
महानगरले सुन्दर ललितपुर नगरीः घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गर्ने भएको छ । नीति तथा कार्यक्रममा २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका गर्ने उल्लेख गरेको छ । —न्युज एजेन्सी नेपाल